साविकको विजेता ओसाका तेस्रो चरणमा
शुक्रबार, भदौ १३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता नोआमी ओसाका युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
बिहिबार राति भएको खेलमा पोल्याण्डकी माग्डा लिनेटलाई पराजित गर्दै ओसाकाले तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
विश्व नम्बर एक समेत रहेकी जापानी खेलाडी ओसाकाले लिनेटलाई ६-२ र ६-४ ले पराजित गरिन् ।
अब ओसाकाले कोको गौफसाँग खेल्ने छिन् ।
महिला तर्फनै सातौं वरियताकी किकी बेर्टेन्स र कारोलिना वुज्निकाईले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
चौंथो वरियताकी सिमोना हालेप भने प्रतियोगिताबाट बाहिरिएकी छिन् । दोस्रो चरणमा हालेप अमेरिकी खेलाडी टेलर टाउनसेन्टसँग स्तब्ध भईन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
