युएस ओपन - फेडेरर तेस्रो चरणमा
बिहिबार, भदौ १२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
खेलमा उत्कृष्ट पुनरामगन गर्दै दामिर दजुमहुरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा हराउँदै फेडेररले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
विश्व वरियताको तेस्रो नम्बरमा रहेका फेडेररले पहिलो सेटमा १७ गल्ती गरेका थिए ।
तर पाँच पटकका च्याम्पियन फेडेररले पहिलो सेट गुमाएपनि खेलमा उत्कृष्ट पुनरागमन रच्दै ९९ औ वरियताका दजुमहुरलाई हराएका हुन् ।
३८ औ वरियताका फेडेररले अब ब्रिटेनका डान इभान्स वा फ्रान्सका लुकास प्युईलेबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
