एटीपीद्वारा टेनिस अम्पायर स्टेनर बर्खास्त
बुधबार, ११ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । टेनिसको सर्वोच्च निकाय एसोसियसन अफ टेनिस प्रोफेसनल्स (एटीपी) ले अम्पायर डेमियन स्टेनरलाई बर्खास्त गरेको छ ।
आफ्नो अनुमतिबिना मिडियामा अन्तर्वार्ता दिएको भन्दै एटीपीले अम्पायर स्टेनरलाई बर्खास्त गरेको हो ।
४४ वर्षे स्टेनरले आफु जम्निएको देश अर्जेन्टिनाको एक टेलिभिजन सिरिजमा अन्तर्वार्ता दिएका थिए ।
स्टेनर गत जुलाईमा भएको विम्बल्डन टेनिसको फाइनलमा मुख्य अम्पायर रहेका थिए ।
निकै रोमान्चक बनेको उक्त फाइनलमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराएर उपाधि जितेका थिए ।








-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

