काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्ष पदका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
बहालवाला अध्यक्ष जीवनराम र उमेशलालले मंगलबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले मंगलबार एनओसी भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । एनओसीको नयाँ नेतृत्व चयनको निर्वाचन भदौ २० गते हुनेछ ।
यस्तै पाँच उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।
यस्तै १ महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
उप-महासचिबमा पिताम्बर तिम्सिना निर्विरोध चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् । उप-महासचिब र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो ।
३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।
अब एनओसीको १९ सदस्यीय कार्यसमिति मध्ये १७ जना मात्र निर्वाचनबाट निर्वाचित हुने भएका छन् ।
निर्वाचन समितिले भदौ २० गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको छ । निर्वाचन सम्पन्न गर्न एनओसीको बोर्ड बैठकले लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।
एनओसीको चुनावमा २७ वटा संघले भाग लिदैछन् । गल्फले कान्छो सदस्यको रुपमा पहिलो पटक निर्वाचनमा सहभागीता जनाउँदै छ ।