सारापोभालाई हराउँदै सेरेना दोस्रो चरणमा
मंगलबार, भदौ १०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मंगलबार बिहान भएको खेलमा रुसी टेनिस सुन्दरी मारिया सारापोभालाई पराजित गर्दै सेरेनाले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
आठौं वरियताकी सेरेनाले सारापोभालाई ६-१ र ६-१ को सेटमा पराजित गरिन् । सारापोभाविरुद्ध जित निकाल्न सेरेनाले ५९ मिनेटको समय निकालिन ।
युएस ओपन अन्तर्गत नै महिलातर्फ विश्व नम्बर दुई एस्लेइघ बार्टी र कारोलिना प्लिस्कोभाले दोस्रो चरणको यात्रा तय गरेका छन् ।
पूर्व विश्व नम्बर एक एञ्जलिक केर्बेर भने बाहिरिएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
