जोकोभिक युएस ओपनको दोस्रो चरणमा
मंगलबार, १० भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान भएको खेलमा स्पेनिस खेलाडी रोबर्टो कार्बलेसलाई सोझो सेटमा पराजित गर्दै जोकोभिकले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
३ पटकको च्याम्पियन सर्बियन खेलाडी जोकोभिकले रोबर्टोलाई ६-४,६-१ र ६-४ को सेटमा पराजित गरे ।
अब जोकोभिकले दोस्रो चरणमा साम क्वारी र जुवान इग्नासियोबीचको विजेतासँग खेल्ने छन् ।
यस्तै अर्को खेलमा जापानका सातौं वरियताका केई निशिकोरीले समेत दोस्रो चरणमा स्थान बनाएका छन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


