सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक चुनाव – उम्मेदवारी दर्ता मंगलबार

सोमबार, ०९ भाद्र २०७६खेलपाटी संवाददाता
ओलम्पिक चुनाव – उम्मेदवारी दर्ता मंगलबार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्य तालिका सार्वजनिक भएको छ ।

लोकभक्त राणाको संयोजकत्वको निर्वाचन समितिले भदौ २० गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भदौ ८ गते आईतबार मतदाता नामावली प्रकाशनको कार्यतालिका रहेको थियो । त्यस्तै भदौ ९ गते आज (सोमबार) मतदाता नामावली दावी विरोधको समय रहेको छ । त्यसका लागि बिहान १० बजेबाट दिउँसो २ सम्मको समय छुट्याईएको छ । मतदाता नामावली दाबी विरोध निर्णय आजै दिउँसो ३ बजे र अन्तिम मतदाता नामावली प्रकाशन अपरान्ह ४ बजे हुनेछ ।

यस्तै, उम्मेदवारी दर्ता भदौ १० गते बिहान १० देखि दिउँसो २ बजेसम्म छुट्याईएको छ । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारी उपर दाबी विरोध गर्न भदौ ११ गते बिहान १० बजेदेखि २ बजेसम्मको समयसिमा निर्धारण गरिएको छ । सोही दिन अपरान्ह ४ बजे उम्मेदवारी दावी विरोध उपर निर्णय हुनेछ ।

भदौ १२ गते उम्मेदवारी फिर्ताको समय राखिएको छ । बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारी नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन समितिले भदौ २० गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको छ ।

मतगणना र मत परिणामको घोषणा भने मतगणना समाप्त भए पश्चात निर्वाचन आयोगले तोके बमोजिम हुनेछ ।

निर्वाचन सम्पन्न गर्न एनओसीको बोर्ड बैठकले लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भिम थापा रहेका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन

एनओसीको संशोधित विधान अनुसार १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । भदौ २० गतेको साधारण सभाले अध्यक्ष सहित ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य चयन गर्नेछ । बैठकले कुनैपनि पुर्व अध्यक्षलाई मानार्थ अध्यक्षमा मनोनित गर्न पाउने प्रावधान समावेश गरेको छ ।

एनओसीको चुनावमा २७ वटा संघले भाग लिदैछन् । गल्फले कान्छो सदस्यको रुपमा पहिलो पटक निर्वाचनमा सहभागीता जनाउँदै छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

सिटीसँग एट्लेटिकोले हार्‍यो

सिटीसँग एट्लेटिकोले हार्‍यो

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित