मेडभेदेब र किजलाई उपाधि
सोमबार, ०२ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । रुसका डानिल मेडभेदेबले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् ।
सोमबार बिहान भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै मेडभेदेबले उपाधि जितेका हुन् ।
नवौं वरियताका मेडभेदेबले दशौँ वरियताका गोफिनलाई ७-६ (७-३) र ६-४ को सेटमा पराजित गरे । यसअघि सेमिफाइनलमा मेडभेदेबले विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराएका थिए ।
महिलातर्फको उपाधि अमेरिकन म्याडिसन किजले जितिन् । फाइनलमा किजले स्भेट्लिना कुट्नेट्सोभालाई ७-५ र ७-६ (७-५) को सेटमा पाखा लगाईन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


