मेडभेदेब र किजलाई उपाधि
सोमबार, भदौ २, २०७६खेलपाटी संवाददाता

एजेन्सी । रुसका डानिल मेडभेदेबले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् ।
सोमबार बिहान भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै मेडभेदेबले उपाधि जितेका हुन् ।
नवौं वरियताका मेडभेदेबले दशौँ वरियताका गोफिनलाई ७-६ (७-३) र ६-४ को सेटमा पराजित गरे । यसअघि सेमिफाइनलमा मेडभेदेबले विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराएका थिए ।
महिलातर्फको उपाधि अमेरिकन म्याडिसन किजले जितिन् । फाइनलमा किजले स्भेट्लिना कुट्नेट्सोभालाई ७-५ र ७-६ (७-५) को सेटमा पाखा लगाईन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)









