जोकोभिक सेमिफाइनलबाट बाहिरिए
आइतबार, ०१ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिक सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा पराजित भएका छन् ।
आइतबार बिहान भएको सेमिफाइनलमा रुसका डानिल मेडभेदेबसँग पराजित हुँदै जोकोभिक सेमिफाइनलबाट बाहिरिएका हुन् ।
साविकको विजेता समेत रहेको जोकोभिकलाई मेडभेदेबले ३-६, ६-३ र ६-३ को सेटमा हराए । जोकोभिकविरुद्ध जित निकाल्न मेडभेदेबले १ घण्टा ४३ मिनेटको समय लगाएका थिए ।

अब नवौं वरियताका मेडभेदेबले फाइनलमा डेभिड गोफिनसँग खेल्नेछन् । गोफिनले रिचार्ड गास्क्वेटलाई पराजित गरेका थिए ।
महिलातर्फको फाइनलमा स्भेट्लिना कुट्नेट्सोभा र मेडिसन केइसबीच प्रतिस्पर्धा हुनेछ ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


