काठमाडौं । नेपाल सोतोकान कराँते संघ (धकपा)का अध्यक्ष हेमकुमार श्रेष्ठ टोकियोमा हुने चौथो विश्व सोतोकान कराँते च्याम्पियनसिपका लागि जापान प्रस्थान गरेका छन् ।
च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न श्रेष्ठ शनिबार जापान प्रस्थान गरेका हुन् । श्रेष्ठ विश्व सोतोकान कराँते महासंघको निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।
विश्व सोतोकान कराँते महासंघको आयोजनामा टोकियोमा हुने च्याम्पियनसिप अगस्ट १९ देखि २५ संचालन हुने छ ।