काठमाडौं । जावलाखेल युथ क्लबको अध्यक्षमा महेन्द्र क्षेत्री निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा ठुलो भाई केसीलाई ११० मतले पराजित गर्दै महेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन् । महेन्द्रले २४१ मत प्राप्त गर्दा ठुलो भाईले १३१ मत पाए ।
यस्तै उपाध्यक्षमा उज्ज्वल कर्माचार्य, समिर केसी र फिरोज मान सिंह निर्वाचित भए । महासचिबमा पवन गिरी, सचिबमा कबिर बस्नेत र कोषाध्यक्षमा महेश चद्र महत निर्वाचित भए ।
त्यस्तै सदस्यमा रबि खड्का, राजु बोगटी, विकास कार्की, सुनिल केसी, निरज खड्का, नरेश थापा र प्रदिप तन्डुकार निर्वाचित भए ।