सिनसिनाटी मास्टर्सबाट मुर्रेले पुनरागमन गर्ने
शनिबार, २५ श्रावण २०७६खेलपाटी संवाददाता

एजेन्सी । बेलायती टेनिस स्टार एन्डी मुर्रे अर्को साता आयोजना हुने सिनसिनाटी मास्टर्स खेल्दै टेनिसको एकल प्रतिस्पर्धामा फर्कने भएका छन् ।
ब्रिटेनका पूर्व नम्बर एक खेलाडी मुर्रे सात महिनापछि एकल स्पर्धाको प्रतिस्पर्धामा फर्कने भएका हुन् । ३२ वर्षे मर्रेले सामाजिक संजाल फेसबुकमा आफुले सिनसिनाटी मास्टर्समा एकल स्पर्धामा सहभागिता जनाउने बताएका छन् ।
हिप इन्जुरीको कारण मुर्रेले गत जनवरीमा भएको अष्ट्रेलियन ओपनपछि खेलेका थिएनन् । उनले हिपको शल्यक्रिया गरेका थिए । डबल्समा भने गत जुनबाट उनले खेलिरहेका छन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


