काठमाडौं । आईटीएफ एसिया-१२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार काजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ ।
अगष्ट ११ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा आरभ सम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । अभिभावकहरु जयजीव हाडा तथा प्रनुज मानन्धर पनि टोलीसंगै अस्ताना जाने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।