नाडाल रोजर्स कपको अन्तिम १६ मा
बिहिबार, २३ श्रावण २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडाल क्यानडामा जारी रोजर्स कप टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मोन्टरियलमा बुधबार राति भएको दोस्रो चरणको खेलमा बेलायती खेलाडी डान इभान्सलाई पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान बनाएका हुन् ।
विश्व नम्बर एक नाडालले इभान्सलाई ७-६(८-६) र ६-४ को सेटमा पराजित गरे । अब नाडालले अन्तिम १६ मा गुइडो पेलासँग खेल्नेछन् ।
पुरुषतर्फ नै बेलायतका केली एडमण्ड रुसका डानिल मेद्भेदेवसँग ६-३ र ६-० ले पराजित भए ।
महिलातर्फ सेरेना विलियम्स र ओसाका नाओमीले अन्तिम १६ मा स्थान बनाएकी छिन् ।








-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

