काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को नयाँ कार्यसमिति अब १९ सदस्यीय हुने भएको छ ।
सोमबार बसेको एनओसीको बिशेष साधारण सभाले विधान संशोधन गर्दै १७ सदस्यीय कार्यसमितिलाई १९ सदस्यीय बनाउने निर्णय गरेको हो ।
साधारण सभाले एक उपाध्यक्ष र तीन सचिव थप गर्दै सदस्य संख्यालाई ९ बाट ३ मा घटाउने निर्णय गरेको छ । साधारण सभाको निर्णय अनुसार एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य रहनेछन् ।
बैठकले अब कुनैपनि पूर्व अध्यक्षलाई मानार्थ अध्यक्षमा मनोनित गर्न पाउने प्रावधान समावेश गरेको छ ।
यसअघि निवर्तमान अध्यक्षनै एनओसीको मानार्थ रहने प्रावधान थियो । साधारण सभा लगत्तै बसेको एनओसीको बोर्ड बैठकले नयाँ नेतृत्वका लागि हुने निर्वाचन सेप्टेम्बर ६ मा गर्ने निर्णय गरेको छ ।