काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले देशभर फुटबल गतिविधि सञ्चालन गर्न सात वटा प्रदेशमा मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
गत मंगलबार टेक्निकल डिरेक्टर सहित हेड अफ एजुकेसन कोच, हेड अफ एलिट एण्ड युथ कोच तथा हेड अफ वुमेन्स कोच नियुक्त गरेको एन्फाले शुक्रबार सातै प्रदेशमा २६ प्रशिक्षक नियुक्त गरेको थियो ।
महिला फुटबलतर्फ प्रदेश १ को प्रशिक्षकमा सचिन्द्र धिमाल, प्रदेश २ मा नुर राज काफ्ले, प्रदेश ३ मा बिनोद लामा, प्रदेश ४ मा सोम थापा मगर, प्रदेश ५ मा युवराज शाही, प्रदेश ६ मा दिलीप बस्याल, प्रदेश ७ को प्रशिक्षकमा दिपेश योञ्जन नियुक्त भएका छन् ।
सबै प्रदेशकको नेतृत्व गर्ने गरि महिला फुटबल प्रमुखमा राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरी खड्का रहनेछन् ।
यस्तै, हेड अफ ईलिट युथतर्फ प्रदेश १ मा सुमन श्रेष्ठ, प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा छिरिङ लोप्साङ गुरुङ, प्रदेश ४ मा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी तथा प्रदेश ६ र ७ मा याम गुरुङ रहेका छन् । सबै प्रदेशको नेतृत्व हेड अफ एलिट एण्ड युथमा नबिन महर्जन गर्नेछन् ।
यस्तै ग्रासरुट म्यानेजरको रुपमा प्रदेश १ मा श्याम मानन्धर, प्रदेश २ मा श्याम सुन्दर सिंह, प्रदेश ३ मा देव नारायण चित्राकार, प्रदेश ४ मा सरोज श्रेष्ठ, प्रदेश ५ मा रामजित चौधरी, प्रदेश ६ मा पुस्कर शाही र प्रदेश ७ मा मनिष तिमल्सिना रहेका छन् ।
यस्तै, कोच एजुकेशनमा प्रदेश १ मा पासाङ लामा, प्रदेश २ मा सुलभ राना, प्रदेश ३ मा चेत नारायण श्रेष्ठ, प्रदेश ४ मा जितबहादुर पुन, प्रदेश ५ मा हरीओम श्रेष्ठ तथा प्रदेश ६ र ७ मा पुर्णबहादुर कार्की रहेका छन् ।
हेड अफ एजुकेशन कोचमा संजित सिंहलाई एन्फाले यसअघिनै नियुक्त गरिसकेको छ । एन्फाले नियुक्त गरेका प्रदेश प्रशिक्षकले मासिक करिब २५ हजार रुपैयाँ तलब पाउनेछन् ।