एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन स्टार नोभाक जोकोभिकले लगातार दोस्रो बर्ष विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
लण्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७-६ (७-५), १-६,७-६(७-४) र १३-१२ (७-३) को सेटमा पराजित गरे ।
उपाधि जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । र, यो विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल हो ।
योसंगै जोकोभिकले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन् । जोकोभिक सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी हुन् । फेडेररले २० र राफायल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।
यस्तै जोकोभिकको यो पाँचौ विम्बल्डन उपाधि हो ।
महिलातर्फको उपाधि सिमोना हालेपले जितेकी छिन् ।