हालेपलाई पहिलो विम्बल्डनको उपाधि
आइतबार, २९ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । पूर्व विश्व नम्बर एक सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।
शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै हालेप च्याम्पियन बनेकी हुन् ।
रोमानियाकी सातौं वरियता प्राप्त हालेपले अमेरिकाकी सेरेनालाई ६-२ र ६-२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन ।
योसँगै हालेपले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएकी छिन् । हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् ।
हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो ।
पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिक र रोजर फेडेररबीच खेल हुनेछ ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


