जोकोभिक उपाधि नजिक
शनिबार, २८ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता तथा सर्बियन नोभाक जोकोभिक विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा रोबर्टो बटिस्टालाई पराजित गर्दै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले बटिस्टालाई ६-२, ४-६,६-३ र ६-२ को सेटमा पराजित गरे ।
चार पटकको विजेता जोकोभिक योसँगै छैटौं पटक फाइनलमा पुग्न सफल भए ।
विश्व नम्बर एक समेत रहेका जोकोभिकले अब उपाधिका लागि राफायल नाडाल र रोजर फेडेररबीचको विजेतासँग खेल्नेछ ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


