सेरेना विम्बल्डन टेनिसको फाईनलमा
शुक्रबार, २७ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । सेरेना विलियम्स विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेकी छिन् ।
बिहिबार राति भएको सेमिफाईनलको खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औ ग्राण्डस्लामको उपाधि नजिक पुगेकी छिन् ।
उनले उपाधिका लागि अब सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् । युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिईन् ।
अमेरिकी खेलाडी सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् ।
३७ बर्षकी विलियम्सले युवा उमेरकी सेरेनालाई उछिन्ने प्रयास गरिन् । जसले उनलाई सबै भन्दा पुराना ग्राण्डस्लाम महिला एकलको फाईनलमा पु¥याएको छ ।
उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाईन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


