एजेन्सी । पूर्व विश्व नम्बर एक सिमोना हालेप विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
बिहिबार भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेप उपाधि नजिक पुगेको हुन् ।
रोमानियाकी सातौं वरियता प्राप्त हालेपले आठौं वरियताकी स्वीटोलिनालाई ६-१ र ६-३ को सेटमा पराजित गरिन् ।
योसँगै हालेप पहिलो पटक विम्बल्डन टेनिसको फाइनलमा पुग सफल भएकी छिन् । हालेप विम्बल्डन टेनिसको फाइनल पुग्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् ।
अब हालेपले उपाधिका लागि सेरेना विलियम्स र बारबोरा बीचकाे विजेतासँग खेल्ने छिन् ।