एजेन्सी । स्पेनिस स्टार राफायल नाडाल र स्विस स्टार रोजर फेडेरर लण्डनमा जारी विम्बल्डन टेनिसको सेमिफाइनल मै भिड्ने भएका छन् ।
बुधबार भएको क्वाटरफाइनलमा जित निकाल्दै नाडाल र फेडेररले सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।
विश्व वरियतामा तेस्रो स्थानमा रहेका नाडालले अमेरिकाका साम क्वेरीलाई ७-५,६-२ र ६-२ को सेटमा पराजित गर्दै फेडेररसँगको भेट पक्का गरेका हुन् ।
यस्तै दोस्रो वरियताका फेडेररले जापानका केई निशिकोरीलाई ४-६, ६-१,६-४ र ६-४ को सेटमा पराजित गरे ।
योसँगै नाडाल र फेडेररबीच सन् २००८ पछि पहिलो पटक विम्बल्डनमा भिड्ने भएका छन् । उक्त भेटमा नाडालले बाजी मारेका थिए ।