सेरेनालाई १० हजार डलर जरिवाना
बुधबार, २५ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । पूर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्सले विम्बल्डन टेनिसलाई १० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
प्रतियोगिता सुरु अघिको अभ्यासको क्रममा टेनिस कोर्ट बिगारेको भन्दै विम्बल्डनले सेरेनालाई जरिवाना गरिएको हो । सेरेनाले टेनिस र्याकेटले हिर्काएर कोर्ट बिगारेकी थिइन् ।
२३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेना प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेकी छिन् । सेरेनाले क्वाटरफाइनलमा अमेरिकी खेलाडी एलिसन रिस्केलाई ६-४, ४-६, र ६-३ को सेटमा गरेकी थिईन् ।
यस्तै विम्बल्डनले इटालीका फाबियो फेगेनीलाई पनि ३ हजार अमेरिकी डलर जरीवाना लगाइएको छ ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


