एजेन्सी । विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको तेस्रो चरणमा हुबर्ट हुर्काचलाई पराजित गर्दै जोकोभिक चौंथो चरणमा पुगेका हुन् ।
साबिकको विजेता समेत रहेका जोकोभिकले हुबर्टलाई ७-५,६-७(५-७), ६-१ र ६-४ ले पराजित गरे ।
महिलातर्फ पुर्व विश्व नम्बर एक कारोलिन वुज्निकाई तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
शुक्रबार भएको खेलमा चीनकी झान शुवाईसँग पराजित हुँदै कारोलिन प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
कारोलिनलाई शुवाईले ६-४ र ६-२ को सेटमा पराजित गरिन् ।