एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहिबार भएको दोस्रो चरणमा अष्ट्रेलियाका निक क्रिगोसमाथि संघर्षपूर्ण जित निकाल्दै नाडालले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
नाडालले निकमाथि ६-३, ३-६, ७-६ (७-५) र ७-६ (७-३) को सेटमा पराजित गरे ।
अब नाडालले तेस्रो चरणमा फ्रान्सका जो विल्फ्राईड सोङ्गासँग खेल्नेछन् ।
महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियम्स र बेलायतकी जोहन्ना कोन्टाले तेस्रो चरणमा स्थान बनाएका छन् ।