काठमाडौं । इटालीमा सुरु भएको ३० औं समर युनिभर्सियाड खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलको महिला एकल इपीतर्फ नेपालकी अनिता कार्कीले उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
बिहिबार नेपोलीको हिप्पो क्राटिका सिभितामको इन्डोर हलमा अनिताले पाँच खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।
अनिताले पहिलो खेलमा विश्व वरियताको चौंथो स्थानकी फ्रान्सकी खेलाडी लुटी एलियासंग ५–२ को अन्तरले हार व्यहोरिन् ।
यस्तै दोस्रो खेलमा २१ औं वरियताकी इजरायलकी गाभ्रिइल्को निकोलसंग पनि ५–२ को अन्तरले पराजित भइन् ।
अनिताको तेस्रो खेलमा हंगेरीका खेलाडी सोन्का भलेरियासंग प्रतिस्पर्धात्मक खेलमा ५–२ ले पराजित भइन् ।
त्यस्तै चौथौ खेलमा क्यानडाकी वोय टमारासंग ५–१ र पाँचौं खेलमा नर्वेकी खेलाडी हिल्ली थालेसंग ५–४ ले पराजित भइन् ।