काठमाडौं । क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौ संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको खेलमा विभागीय टिम एपीएफलाई ३–१ गोल अन्तरले हराउँदै दाउफिन्स अन्तिम चारमा पुगको हो ।
दाउफिन्सको जितमा पेटाङ्गाले दुई तथा मेजोभ्केले एक गोल गरे । एपीएफको लागि एक मात्रै सान्त्वना गोल हरि कार्कीले गरे ।
खेलको १५ औं मिनेटमा काउन्टरमा मोजभ्केले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा पेटाङगाले अग्रता दोव्वर बनाए । उनले एपिएफका सुदिप सिख्रकारलाई छलाउँदैे गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा एपिएफले खेलमा फर्कन अग्रता कम पार्यो ।
राजिव लोप्चनको प्रहार बारमा लागेर आएको रिवाउन्ड बललाई हरिले जाली चुमाउदै खेल २-१ को बनाए । तर, खेलेको ५७ औं मिनेटमा मेजोभ्केको कर्नर प्रहारलाई पेटाङ्गाले गोल गरेपछि ३–१ को जित निकाल्दै दाफिन्स सेमिफाइनलमा पुगेको हो ।
एपीएफ यस सिजनमा दाफिन्ससंग तेश्रो पटक पराजित भएको हो । यसअघि २१ औं तिलोत्तमा गोल्डकप र २१ औं बुढासुव्वा गोल्डकपमा एपीएफ पराजित भएको थियो ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर (केएफटिसी) बिच प्रतिस्पर्धा हुनेछ ।