काठमाडौँ। उपाधि होडमा रहेको आर्सनल इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको छ।
एमिरेट्स स्टेडियममा आइतबार राति सम्पन्न खेलमा भिल्लाले घरेलु टोली आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।
भिल्लाको जितमा लियोन बेली र ओली वाटकिन्सले १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरी खेलको भिल्लाले दुवै गोल दोस्रो हाफमा गरेको हो।
८४औँ मिनेटमा लुकास डिग्रेको पासमा बेलीले गोल गर्दै भिल्लालाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै ओलीले गोल गर्दै आर्सनलाई २-० ले जिताए।
उनले वाई टिलेम्यान्सको पासमा गोल गरेका थिए। जितसँगै ३३ खेल खेलेको भिल्ला ६३ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
पराजित आर्सनलले भने म्यान्चेस्टर सिटीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। ३२ खेल खेलेको सिटीको ७३ र समान खेल खेलेको आर्सनलको ७१ अंक छ।