काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा नियमित ओपनर कुशल भुर्तेललाई मौका दिएका छन्।
पहिलो खेलमा भुर्तेलले १६ रन बनाएका थिए। १२ बल खेलका उनले ३ चौका प्रहार गरेका थिए। दोस्रो खेलमा पनि भुर्तेल चल्न सकेनन्। ८ बल खेलेका उनले १ रन बनाएका थिए।
त्यसपछि तेस्रो खेलमा देसाईंले उनलाई आराम दिएका थिए। तर, उनको स्थानमा ओपनिङमा उत्रिएका अनुभवी ब्याटर विनोद भण्डारीले पनि राम्रो प्रदर्शन गर्न नसकेपछि देसाईंले कुशललाई नै पहिलो रोजाइमा उतारेका हुन्।