काठमाडौँ। कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ तेस्रो विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का केसी क्यार्थीको विकेट लिएका हुन्।
१० बलमा ४ रन बनाएका उनलाई भुर्तेलले कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराए। जारी खेलमा उनको यो दोस्रो विकेट हो।
यसअघि उनले ओपनर जोनसन चार्ल्सको उनले विकेट लिएका थिए। जोनसनले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन प्रहार गरे। उनलाई भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका हुन्।
त्यसअघि प्रतिश जीसीले एलिक एथेनाजे विकेटको लिएका थिए। ७ बल खेलेका एथेनाजे १ चौकासहित ५ रन बनाएका थिए। उनी सन्दीप जोराबाट क्याच आउट भएका हुन्।