काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल तीन बलरलाई आराम दिएका छन्।
देसाईंले अनुभवी बलर करण केसीसँगै सागर ढकाल र कमलसिंह ऐरीलाई आराम दिएका हुन्।
उनीहरूको स्थानमा सोमपाल कामी, अविनाश बोहरा र प्रतिश जीसीले मौका पाएका छन्।