एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) टोटेनहम र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ ।
टोटेनहमको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बलियो टिम एभर्टनविरुद्ध मैदान उत्रदा टोटेनहम जित खोजीमा हुनेछ ।
टोटेनहम जित निकाल्दै शीर्ष आठमा उक्लन चाहन्छ ।
तर, एभर्टनविरुद्ध जित निकाल्न टोटेनहमलाई निकै कठिन हुनेछ ।
किनकि एभर्टन पनि घरेलु टोलीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । एभर्टन शीर्ष १० भित्र उक्लन चाहन्छ ।
लिगको १० औं स्थानमा रहेको टोटेनहमको ४५ अंक रहेको छ । ४४ अंक रहेको एभर्टन ११ औं स्थानमा रहेको छ ।
घरेलु टोलीलाई हराउँन सके एभर्टन लिगको नवौं स्थानमा उक्लनेछ ।