एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा आइतबार चेल्सीले लेष्टर सिटी र क्रिष्टल प्यालेसले सेफिल्ड युनाईटेडको सामना गर्ने छ ।
चेल्सीले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ । चेल्सी र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति ९ :१५ मा सुरु हुनेछ ।
स्टामफोर्ड ब्रिजमा चेल्सी सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेल्सी लिगमा पहिलो अंक जोड्न चाहन्छ ।
यस्तै चेल्सी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग व्यहोरेको ४-० को हारको पीडा भुल्न चाहन्छ । अंकविहीन चेल्सी तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यता, लेष्टर पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लेष्टर वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो । १ अंक जोडेको लेष्टर १२ औं स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा क्रिष्टल प्यालेसले सेफिल्ड युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ । पहिलो खेलमा बराबरी खेलेका दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् ।