एजेन्सी । फ्रान्स विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाईनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेमिफाईनलको खेलमा फ्रान्सको जितमा स्यामुएल उम्टीटीको गोल निर्णायक बन्यो । खेलको ५१ औ मिनेटमा उम्टीटीले हेडमार्फत फ्रान्सकालागि गोल गरेका थिए ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । बल पोजिसनमा बेल्जियम राम्रो देखिएपनि फ्रान्सले काउन्टर अट्याकमा अब्बल देखियो ।
जितसंगै फ्रान्स तेस्रो पटक विश्वकपको फाईनलमा प्रवेश गरेको छ । यसअघि दुई पटक फाईनल खेलेको फ्रान्स उपाधि सहित घर फर्किएको थियो ।
स्वर्णीम पुस्ताका खेलाडीले भरिएको बेल्जियम भने सेमिफाईनलबाटै घर फर्कन बाध्य भयो ।
फ्रान्सले अब उपाधिकालागि इङ्ल्याण्ड र क्रोएसियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
बेल्जियमले तेस्रो स्थानकालागि दोस्रो सेमिफाईनलमा पराजित हुने टोलीसंग खेल्नेछ ।