काठमाडौं । खेलकुदमन्त्री जगत विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्रमा बजेट खन्याएको आरोपको खण्डन गरेका छन् ।
राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथी सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर ३ मा नयाँ योजनाको रुपमा १० लाख मात्र विनियोजन गरिएको दाबी गरे ।
१३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता काठमाडौं र पोखरामा हुने भएकाले चालु योजनाका रुपमा रकम विनियोजन गरिएको मन्त्री विश्वकर्माको भनाई छ । खेलकुद मन्त्री विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्रमा धेरै रकम विनियोजना गरेको भन्दै सांसदहरुले संसदमा चर्को आलोचना गरेका थिए ।
करिब साढे २ अर्ब बजेट पुर्वाधार निर्माणमा विनियोजन गरिएपनि खेलकुद मन्त्री विश्वकर्माले ६५ करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन गराउन सफल भएका थिए । उनले कास्की ३ मा मात्र २४ वटा कार्यक्रम लैजान सफल भएका थिए ।
खेलकुद क्षेत्रमा समेत सुसासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउदै मन्त्री विश्वकर्माले भदौमा हुने १८ औं एसियाली खेलकुदमा जानै पर्ने खेलाडी, प्रशिक्षक र पदाधिकारी बाहेक कसैलाई पनि विदेश नलैजाने बताए ।