एजेन्सी । विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाईनलको खेलमा स्विडेनविरुद्धको खेलमा इङ्ल्याण्डले २–० को अग्रता बनाएको छ ।
समरा स्टेडियममा जारी खेलको दोस्रो हाफको ५९ औं मिनेटमा डेली अलीले गोल गर्दै इङ्ल्याण्डलाई २–० को अग्रता दिलाए ।
यसअघि खेलको ३० औ मिनेटमा ह्यारी मगुइरेले हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका हुन् ।
दुवै टोली आज खेल जित्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।
इङ्ल्याण्डले कोलम्बिया र स्विडेन र स्विजरल्याण्डलाई हराउदै अन्तिम ८ मा स्थान बनाएका थिए ।
आजको खेलमा जित हात पार्ने टोलीले अन्तिम ४ मा स्थान पक्का गर्नेछ ।