काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् ।
नेपाल मगर खेलकुद संघले काठमाडौंमा आयोजना गरेको मगर खेलाडी सम्मान तथा सास्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताए ।
उनले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको दाबी गरे । गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।