एजेन्सी । एकछिन इतिहासतर्फ फर्कौ, इङ्ल्याण्डले सन् २००६ यता विश्वकपको अन्तिम ८ मा प्रवेश गर्न सकेको छैन। अझ भनौ विश्वकपको नकआउट चरणमा पेनाल्टीमा पराजित हुँदै नकआउट चरणबाट घर फर्कने नियति इङ्ल्याण्डले भोग्दै आएको थियो ।
तर,रुस विश्वकपमा ट्राईब्रेकरको जित तोड्दै इङ्ल्याण्डले अन्तिम क्वार्टरफाईनलको यात्रा तय गर्यो । अन्तिम खेलको खेलमा उसले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्यो । इङ्ल्याण्डले विश्वकपको इतिहासमा पहिलो पटक टाइब्रेकरमा जितेको खेल समेत त्यही थियो ।
अब कुरा गरौ, स्विडेनको । अहिलेको लक्ष्य स्विडेनको अन्तिम ४ मा पुग्ने हो । त्यसका लागि उसले इङ्ल्याण्डले चुनौती पन्छाउनु पर्नेछ । इङ्लिस टोलीले स्विडेनविरुद्धको २५ भेटमा ८ पटक जितेको इतिहास छ ।
स्विडेनले अन्तिम १६ को खेलमा स्विटजरल्याण्डलाई हराउदै क्वार्टरफाईनलको यात्रा तय गरेको थियो । स्विडेन सन् १९९४ पछि पहिलो पटक विश्वकपको सेमिफाईनल यात्रा तय गर्ने दाउमा छ ।
तर, स्विडेनका प्रशिक्षक जेन एन्डरशनले इङ्ल्याण्ड जस्तो बलियो टिमलाई हराउन धेरै चिज मिल्न आवश्यक रहेको बताए । ‘फुटबल साधारण चिज होईन, तिमी एकमात्र बिषयलाई लिएर विश्लेषण गर्न सक्दैनौ । उसलाई तिमीले समग्रतामा हेर्न सक्नुपर्छ ।’ उनले भने ।
रुस विश्वकपमा स्विडेन डार्क हर्स टिम हो । प्ले अफबाट विश्वकप यात्रा गरेको स्विडेनको प्रदर्शन भने उच्च रहेको छ । प्ले अफमा युरोपकै सफल टिम इटालीलाई स्तब्ध बनाएर स्विडेनले विश्वकप यात्रा तय गरेको थियो ।
त्यसैले इङ्लिस टोली स्विडेनविरुद्ध शतर्क हुनेछ । ‘हामीलाई लाग्छ, स्विडेन निकै बलियो टिम हो,’ इङ्ल्याण्डका प्रशिक्षक साउथगेट भन्छन्,‘म धेरै पटक स्विडेनको खेलमा सहभागि भएको छु । उनीहरुको एउटा बलियो पहिचान छ । टोलीमा धेरै राम्रा खेलाडी छन् ।’
स्विडेनविरुद्ध मैदान उत्रदा प्रशिक्षक साउथगेटले उसको कमीकमजोरी भने औलाएको छ । जसको कारण इङ्लिस टोलीले स्विडेनलाई हराउन सकुन । प्रशिक्षक साउथगेट भन्छन् , ‘यो टोली उस्तै छ । हामीले उसले निकालेको नतिजा हेर्न पर्छ । उसले विश्वकपको छनोट चरणमा फ्रान्सलाई हराएको थियो । प्लेअफमा इटालीलाई स्तब्ध बनाएको थियो । विश्वकपमा जर्मनीलाई पाखा लगाएको थियो ।’
इङ्ल्याण्डका फरवार्ड जेमी भार्डीलाई चोटका कारण स्विडेनविरुद्धको खेलमा बाहिरै बस्न सक्नेछन् । स्विडेनका राईट ब्याक मिइकल लुस्टिग दोहोरो पँहेलो कार्डका कारण आजको खेल गुमाउनेछन् । निलम्बनबाट मैदान फर्किन लागेको सेबेस्टियन लार्सनको आगमनले स्विडेनलाई राहत दिनेछ ।