एजेन्सी । फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा स्विस रोजर फेडेरर र स्पेनिस राफायल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ ।
पेरिसमा मंगलबार भएको क्वाटरफाइनलमा फेडेररले आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै नाडालसंगको भेट पक्का गरे । तेस्रो वरियताका फेडेररले वावरिन्कालाई ७-६(७-४),४-६, ७-६ (७-५) र ६-४ को सेटमा पराजित गरे ।
यसअघि दोस्रो वरियताका नाडालले क्वाटरफाइनलमा जापानका केई निशिकोरीको चुनौतो पाखा लगाए । साविकको विजेता समेत रहेका नाडालले निशिकोरीलाई ६-१,६-१ र ६-३ को सेटमा पराजित गरे ।
महिलातर्फ बेलायतकी जोहन्ना कोन्टाले सेमिफाइनलको यात्रा तय गरिन् । कोन्टाले अमेरिकी स्लोअनि स्टेफेन्सलाई ६-१ र ६-४ को सेटमा पराजित गरिन् ।
योसंगै कोन्टाले सन् १९८३ पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने पहिलो बेलायती महिला खेलाडी बनिन् ।