एजेन्सी । विश्वकप फुटबलको दोस्रो क्वार्टरफाईनलमा अहिले ब्राजिल र बेल्जियमबीचको खेल भइरहेको छ ।
कजान एरिनामा जारी खेलमा ब्राजिलबिरुद्ध बेल्जियमले २ - ० को अग्रता बनाएको छ । खेलको ३२ औं मिनेटमा केभिन डी ब्रुयनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २ - ० को अग्रता दिलाए ।
यसअघि बेल्जियमले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको हो । खेलको १३ औं मिनेटमा फर्नानडिन्होले आत्मघाती गोल गरेका हुन् । कर्नर बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
दुवै टोलीको लक्ष्य जित हात पार्दै अन्तिम ४ मा प्रवेश गर्ने रहेको छ । खेलको विजेताले फाईनल प्रवेशकालागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।
स्वर्णीम पुस्ताले भरिएको बेल्जियम दोस्रो पटक विश्वकप फुटबलको सेमिफाईनल पुग्ने लक्ष्यमा छ ।
यसैबीच, डिफेन्डर मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् । बेल्जियमविरुद्ध भिड्दै गर्दा मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् ।