एजेन्सी । विश्वकप फुटबलको क्वार्टरफाईनल अन्तर्गत ब्राजिल र बेल्जियमबीचको खेल सुरु भएको छ ।
स्टार खेलाडीले भरिएका दुवै टोलीको लक्ष्य जित हात पार्दै अन्तिम ४ मा प्रवेश गर्ने रहेको छ । खेलको विजेताले फाईनल प्रवेशकालागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।
स्वर्णीम पुस्ताले भरिएको बेल्जियम दोस्रो पटक विश्वकप फुटबलको सेमिफाईनल पुग्ने लक्ष्यमा छ ।
यसैबीच, डिफेन्डर मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् । बेल्जियमविरुद्ध भिड्दै गर्दा मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् ।