एजेन्सी । डिफेन्डर मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् । विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाईनलको खेलमा बेल्जियमविरुद्ध भिड्दै गर्दा मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् ।
समुह चरणको अन्तिम खेलमा चोट मार्सेलो मैदान बाहिरिएका थिए ।
ब्राजिली प्रशिक्षक टिटेले तयार पारेको सुरुवाती लाईन अपमा मार्सेलो परेका छन् । मार्सेलोसंगै डिफेन्समा फग्नर, सिल्भा, मिरान्डा छन् ।
गोलकिपरमा एलिसन यथावत छन् । मिडिफिल्डमा पाउलिन्हो, फर्नाल्डिन्हो, काउटिन्हो, विलियम, जिसस र नेयमार रहेका छन् ।
यता, बेल्जियमको टोलीको फरवार्ड लाईनमा रोमेलु लुकाकु छन् । यस्तै, इडेन हर्जाड , थिवाउट कोर्टुअस, भिसेन्ट कोम्पनी, जान भेट्रोनघेन, टोबी एल्डरवायल्ड, थोमस मुनिर, फेलानी, विट्सिल, चाड्र्ली, केभिन डि ब्रोयना सुरुवाती प्लेइङ सेटम अटाएका छन् ।