काठमाडौं । खेलकुदमा महिला सहभागिता बनाउने उदेश्यले शुक्रबारबाट हिमाल पारीको जिल्ला मुस्ताङमा तीन दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प” भन्ने नाराका साथ प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षणमा ४४ जनाको सहभागिता रहेको छ । प्रशिक्षणमा सहभागीहरुलाई नेपाली सेनाका कराते प्रशिक्षक द्वय छत्र बहादुर क्षेत्री र बाबुराम अधिकारीले प्रशिक्षण दिने छन् ।
राष्ट्रिय खेलकुद परिषदले खेलकुदमा महिला सहभागिता बढाउने तथा महिला हिंसा न्युनीकरण उद्धेश्यले यो कार्यक्रम सुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार परिषदले सुरु गरेको यो कार्यक्रम ७ प्रदेशका ४१ जिल्लामा संचालित भइरहेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै जिल्ला समन्वय समिती मुस्ताङका अध्यक्ष छिरिङ ल्याहमु गुरुङले महिलाहरुको शसक्तिकरणका लागि यो कार्यक्रमले उर्जा मिल्ने बताइन् । उनले यस्ता कार्यक्रमले महिला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बताइन ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य याम कुमारी गुरुङले परिषदले यो बर्ष विशेष गरि महिला खेलाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिंदै महिलाहरुको सहभागिताले नै खेलकुदले नयाँ गति लिने बताइन ।