एजेन्सी । विश्वकप फुटबल अन्तर्गत पहिलो क्वार्टरफाईनलको खेलमा उरुग्वेविरुद्ध फ्रान्सले २–० को अग्रता लिएको छ ।
पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सेले दोस्रो हाफमा थप एक गोल गरेको छ । फ्रान्सका एन्टोनी ग्रिजम्यानले फ्रान्सको अग्रतालाई दोब्बर बनाएका छन् ।
खेलको ४० औ मिनेटमा राफेल भारानेको गोलमार्फत फ्रान्सेले खेलमा अग्रता बनाएको थियो । एन्टोनी ग्रिजम्यानको फ्रिकिङमा भारानेले हेडमार्फत गोल गरेका थिए । बिजेता टोलीले अन्तिम ४ मा स्थान पक्का गर्नेछ ।
आजको खेलका विजेताले ब्राजिल र बेल्जियमबीचको विजेतासंग फाईनल प्रवेशकालािग प्रतिस्पर्धा गर्नेछ ।
चोटका कारण उरुग्वेका स्टार इडिन्सन काभानीले आजको खेल गुमाएका छन् । उरुग्वेमा काभानीको अभाव खड्किएको छ ।