एजेन्सी । विश्वकप फुटबलको पहिलो क्वार्टरफाईनलमा उरुग्वेविरुद्धको खेलमा फ्रान्सले १–० को अग्रता लिएको छ ।
खेलको ४० औ मिनेटमा राफेल भारानेले गोल गरेका छन् । एन्टोनी ग्रिजम्यानको फ्रिकिङमा भारानेले हेडमार्फत गोल गरेका हुन् ।
बिजेता टोलीले अन्तिम ४ मा स्थान पक्का गर्नेछ । समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका दुवै टोलीमा युरोपेली क्लब फुटबलमा चलेका खेलाडी समावेश छन् ।
आजको खेलका विजेताले ब्राजिल र बेल्जियमबीचको फाईनल प्रवेशकालािग प्रतिस्पर्धा गर्नेछ ।
चोटका कारण उरुग्वेका स्टार इडिन्सन काभानीले आजको खेल गुमाएका छन् ।