एजेन्सी । विश्वकप फुटबलको पहिलो क्वार्टरफाईनलमा उरुग्वे र फ्रान्सबीचको खेल सुरु भएको ।
समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका दुवै टोलीमा युरोपेली क्लब फुटबलमा चलेका खेलाडी समावेश छन् । बिजेता टोलीले अन्तिम ४ मा स्थान पक्का गर्नेछ ।
आजको खेलका विजेताले ब्राजिल र बेल्जियमबीचको फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
चोटका कारण उरुग्वेका स्टार इडिन्सन काभानीले आजको खेल गुमाएका छन् ।