एजेन्सी । विश्वकप फुटबल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा उरुग्वेका स्ट्राईकर काभानी बेन्चमा बस्ने भएका छन् । क्वार्टरफाईनलको पहिलो खेलमा फ्रान्सविरुद्ध उत्रन लागेको उरुग्वेले आफ्ना स्टार खेलाडी काभानीलाई बेन्चमा राखेको छ ।
प्रि क्वार्टरफाईनलमा पोर्चुगलविरुद्धको खेलमा चोट बोकेका काभानी मैदान बाहिरिएका थिए ।
काभानीको स्थानमा स्टुआनीले मौका पाएका छन् । जसले सुआरेजको जोडीको रुपमा खेल्नेछन् । उरुग्वेको डिफेन्डसमा गोडिन यथावत छन् ।