शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

सुमन र सुनमायालाई एभरेष्ट म्याराथनको उपाधि

बुधबार, १५ जेठ २०७६खेलपाटी संवाददाता
सुमन र सुनमायालाई एभरेष्ट म्याराथनको उपाधि
mustang rice ad

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन अन्तर्गत पुरुषतर्फको उपाधि सुमन कुलुङले जितेका छन् ।

बुधबार भएको म्याराथनमा सोलुखुम्बुका सुमनले निर्धाारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । सुमनले दोस्रो पटक एभरेष्ट म्याराथनको उपाधि जितेका हुन् ।

दोस्रो भएका कपिलदर बुढाले निर्धारित दुरी ३ घण्टा ३६ मिनेट १० सेकेन्डमा पुरा गरे । यस्तै राम कुमार राज भण्डारीले ३ घण्टा ५८ मिनेटमा पुरा गर्दै तेस्रो भए ।

उपाधिसंगै सुमनले २ लाख नगद प्राप्त गरे । दोस्रो भएका कपिलले १ लाख र तेस्रो भएका राम कुमारले ७५ हजार प्राप्त गरे ।

महिलातर्फको उपाधि सुनमाया बुढाले जितिन् । सुनमायाले निर्धारित दुरी ५ घण्टा ३ मिनेट ४ सेकेण्डमा पुरा गरिन् । उपाधिसंगै उनले १ लाख प्राप्त गरिन् ।

Image may contain: 3 people, people smiling, people standing and outdoor

दोस्रो भएकी रोजिना भण्डारीले निर्धारित दुरी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा पुरा गरिन् । यस्तै हुमि बुढा मगरले ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पुरा गरेर तेस्रो स्थान हासिल गरिन् । दोस्रो भएकी रोजिनाले ७५ हजार र हुमिले ५० हजार प्राप्त गरिन् ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर म्याराथन नाम्चे बजारमा आएर सकिएको थियो ।

हिमालय एक्सपीडीसन्सले आयोजना गरेको प्रतियोगिता अन्तर्गत हाफ म्याराथनको उपाधि बेलायतका एलेक्सजेन्डर विलियमले जिते । उनले निर्धारित दुरी ३ घण्टा ८ मिनेटमा पुरा गरे ।

यस्तै ब्राजिलका कार्लोस रोचाले ३ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरे । ब्राजिलका भारतका जेरोमीले ३ घण्टा ४४ मिनेट ५५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।

हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार प्राप्त गरे ।

अल्ट्रा म्याराथनको उपाधि किरण कुलुङले जिते । उनले ७ घण्टा १४ मिनेट १० सेकेण्डमा दौड पुरा गरे । यस्तै अर्जुन कुलुङ राईले दोस्रो र पूर्ण तामाङले तेस्रो स्थान हासिल गरे । 

अल्ट्रा दौडको विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार प्राप्त गरे ।

विदेशी विधातर्फ भारतका सोनाम फुनटोस्क पहिलो, लिथुनियाका रीमास जभिसुस दोस्रो र भारतका अमित चौहान तेस्रो भए ।

विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश ५०,३५ र २५ हजार प्राप्त गरे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित