एजेन्सी । रुसी विश्वकपको क्वार्टरफाईनलमा फ्रान्स र उरुग्वे भिड्दै गर्दा विश्व फुटबलका उत्कृष्ट खेलाडीको जमघट एकै ठाँउमा हुनेछ । जहाँ युरोपेली क्लब फुटबलका आक्रमक खेलाडी र बलियो रक्षापंक्तिले आफ्नो सर्वश्रेष्ठताको प्रर्दशन गर्नेछन् ।
डिफेन्समा बलियो उरुग्वेको फरवार्ड लाईन उत्तिकै धारिलो छ । लुईस स्वारेज र इडिन्सन काभानीको जोडीले दक्षिण अमेरिकी टोलीका लागि कमाल गरिरहेको छ । डिएगो गोडिन नेतृत्वको डिफेन्स लाईन उरुग्वेको अर्को महत्वपुर्ण हतियार बनेको छ ।
समूह चरणमा फ्रान्सको प्रर्दशन खासै गतिलो रहेन । भलै उसले समुह विजेताको रुपमा नकआउट चरणमा स्थान बनायो । तर, प्रि क्वार्टरफाईनलको पहिलो खेलमा फ्रान्सेली टोलीले आक्रमणको एक ‘वेग’ खडा गर्यो । उसले अर्जेन्टिनाको पोस्टमा ४ गोल बर्सायो । अझ भनौ युवा खेलाडी केलियन एमबाप्पेको गतिले धेरैलाई आश्चर्य चकित तुल्याएको छ । उसको आक्रमक फरवार्ड लाईन अपले विश्वकपमा राम्रो नतिजा निकाल्ने धेरैको अपेक्षा छ ।
एमबाप्पेसंगै एन्टोनी ग्रिजम्यान, पाउल पोग्बोको टोली जारी विश्वकपको उपाधि दाबेदार मानिएको छ । उरुग्वेका प्रशिक्षक ओस्कार ताबरेजले फ्रान्सेको बलियो पक्ष फरवार्ड लाईन भएको बताउछन् । ‘यदी ग्रिजम्यान र एम्बाप्पेलाई खेल्ने ठाँउ दिएको खण्डमा हाम्रा लागि त्यो निकै कठिन हुनेछ ।’ उनी भन्छन् ।
उरुग्वेलाई ठुलो चिन्ता, फर्ममा रहेका स्ट्राईकर काभानीको छ । जसले घुडँमा गम्भिर चोट बोकेका छन् । नकआउट चरणमा पोर्चुगलविरुद्ध चोट बोक्दै मैदान बाहिरिएका काभानीको आगमनको प्रतिक्षा दक्षिण अमेरिकी टोलीले फ्रान्सविरुद्धको खेलमा गर्नेछ । मिडल्सब्रोग फरवार्ड क्रिस्टियन स्टुआनीले उरुग्वेको जर्सीमा स्वारेजको जोडी बनेर खेल्ने सम्भावना उत्तिकै छ ।
फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले निलम्बमा रहेका मिडफिल्डर ब्लेज म्याटविडीको विकल्पको बिषयमा सोच्नपर्नेछ । फ्रान्सेली प्रशिक्षक डेसच्याम्पले उरुग्वेका स्ट्राईकर काभानीलाई हरेर टिमको तयार गरिने बताउछन् । उरुग्वेको बलियो पक्ष नियाल्दै फ्रान्सेली प्रशिक्षक डेसच्याम्प भन्छन्, ‘उनीहरुसंग धेरै क्षमता छ । सामुहिकता छ । उनीहरु मिलेर खेल्न रुचाउछन् । मिलेर खेल्दा उनीहरु प्रेम गर्छन् ।’
इतिहास हेर्दा फ्रान्स र उरुग्वे विश्वकपमा ४ पटक भिडेका छन् । तर पहिलो पटक नकआउट चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पछिल्ला दुई भेट गोल रहित बराबरीमा सकिएको छ । तर १९६६ मा उरुग्वेले फ्रान्सलाई २–१ ले हराएको छ ।
एजेन्सी - तस्बिर