बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

कान्तिपुर म्याराथन : अनिश र विश्वरुपा च्याम्पियन

शनिबार, ११ जेठ २०७६खेलपाटी संवाददाता
कान्तिपुर म्याराथन : अनिश र विश्वरुपा च्याम्पियन

कान्तिपुर हाफ म्याराथनकाे महिलातर्फकी विजेता विश्वरुपा बुढा । फाेटाे : खेलपाटी ।

Loading ad...
mustang rice ad

काठमाडौं । अनिश थापा मगर र विश्वरुपा बुढाले नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन भएका हुन् ।

पुरुषतर्फ प्रथम भएका अनिशले निर्धारित दुरी १ घण्टा ०८ दशमलव ०४ मिनेटमा पार गरे । दोस्रो भएका दुर्गा बुढाले १ घण्टा ०८ दशमलव ०९ सेकेन्डमा निर्धारित दुरी पार गरे ।

आर्मीका कृण्ण बस्नेत तेस्रो भए । उनले निर्धारित दुरी १ घण्टा ०९ दशमलव ०२ मिनेटमा पार गरे ।

महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठलाई पछि पार्दै विश्वरुपा पहिलो बनिन् । एपीएफकी बिन्द्रा देसार तेस्रो बनिन् ।

विश्वरुपाले निर्धारित दुरी १ घण्टा २३ मिनेट २८ सेकेन्डरमा पुरा गरिन् । दोस्रो भएकी सन्तोषीले १ घण्टा २४ मिनेट ०४ सेकेन्डको समय लगाईन् । तेस्रो भएकी बिन्द्रा श्रेष्ठले १ घण्टा २४ मिनेट ५८ सेकेन्डमा निर्धारित दुरी पार गरिन् ।

उपाधिसंगै अनिश र विश्वरुपाले समान ५०-५० हजार रुपैयाँ प्राप्त गरे । दुवैले थप डुएट स्कुटर समेत हात पारे ।

दोस्रो बनेका दुवै स्पर्धाका खेलाडीले समान ३०-३० र तेस्रो बनेका खेलाडीले समान २०-२० हजार रुपैयाँ प्राप्त गरे ।

ह्विलचेयरतर्फ पुरुषमा रामबहादुर तामाङ पहिलो भए । त्यस्तै प्रेम बिके दोस्रो र मोहन बहादुर बस्नेत तेस्रो भए । महिला स्पर्धामा याम झाक्री मगर पहिलो भईन् । रजनी राई दोस्रो र बबिता थापा तेस्रो भईन् ।

पहिलो हुनेले समान २०-२० हजार प्राप्त गरे । दोस्रोले १०-१० हजार र तेस्रो हुनेले ५-५ हजार रुपैयाँ हात पारे ।

५ किलो मिटर मिडियाको पुरुष स्पर्धामा राजेश खड्का पहिलो भए । उनले निर्धारित दुरी १७ मिनेट २० दशमलव ०८ सेकेन्डमा पुरा गरे । अजय तामाङ दोस्रो र उत्तम श्रेष्ठ तेस्रो भए ।

मिडियाकै महिला स्पर्धामा काजल विस्ट पहिलो भईन् । उनले निर्धारित दुरी २१ मिनेट २५ दशमलव ५ सेकेन्डमा पुरा गरिन् । जुनेली सुनार दोस्रो र सुनिता गौतम तेस्रो भए ।

दुवै स्पर्धाका विजेता र उपविजेताले बैङ्ककको प्याकेज प्राप्त गरे । तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरे ।

म्याराथनको ३५ सय बढीको सहभागिता रहेको आयोजक कान्तिपुर पब्लिकेशनले जनाएको छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार